काठमाडौँ — रास्वपाले प्रदेश इन्चार्जहरू तोकेको छ । बिहीबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले ७ वटै प्रदेशमा इन्चार्ज तोकेको हो ।
प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीलाई अझै धेरै सक्रिय बनाउने उद्देश्य रहेको रास्वपाले जनाएको छ ।
बैठकले कोशीमा सन्तोष परियार, मधेशमा मनिष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिनकुमार आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाललाई इन्चार्ज तोकिएको छ ।
हालसम्म १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७ सय वडामा अधिवेशन सम्पन्न भइसकेको रास्वपाले जनाएको छ । ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको र ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको पनि पार्टीले जनाएको छ ।
