पहिरोले राप्ती राजमार्ग अवरुद्ध 

वैशाख ४, २०८२

विप्लव महर्जन

Landslide blocked Rapti Highway

सल्यान — लगातार दुई घण्टा परेको वर्षात्‌सँगै आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिकाको चोरखोला नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध हुँदा करिब एक घण्टादेखि दर्जनौं यात्रुबाहक गाडी र त्यसमा सवार यात्रु बाटैमा रोकिएका छन् ।

वर्षात्‌पछि खसेको पहिरोले सडक अवरुद्ध भएपछि अहिले जेसिबी लगाएर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । 

सडक स्तरवृद्धिको काम भइरहेकोले सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्याले उक्त सडक खण्डमा यात्रुलाई आउजाउ गर्न सकस भइरहेको छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully