काठमाडौँ — नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले पार्टी सभापती शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएका छन् ।
विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसकेको, वैठक बसेर संगठनका क्रियाकलापहरु अघि बढाउन अध्यक्षलाइ भनेपनि सुनवाई र पहल नगरेका कारण आफुहरुले सामुहिक राजिनामा दिएको सभापती देउवालाई बुझाएको राजीनामा पत्रमा उल्लेख छ ।
राजिनामा पत्रमा उनिहरुले अध्यक्षले पहल नगरेका कारण महिला संघले गति लिन नसकेको बताएका छन् ।
