काठमाडौँ — नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हाशमीले पाकिस्तान र नेपालबीच लामो समयदेखि आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै सभ्यताको इतिहासदेखि साझा संस्कृतिले यसलाई जोडेको बताएका छन् । उनले शिक्षा, स्वास्थ्य, रक्षा, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा भएका सहमति, सहकार्यलाई आगामी दिनमा अझै बलियो बन्ने विश्वास पनि व्यक्त गरेका छन् ।
नेपालस्थित पाकिस्तानी दूतावासले पाकिस्तानको ८५औं राष्ट्रिय दिवसमा अवसरमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो विचार राखेका हुन् ।
कार्यक्रममा पाकिस्तान चिनाउने तस्बिरहरुको समेत प्रदर्शनी गरिएको थियो । जसमा विविधताले भरिएको पाकिस्तान चिनाइएको थियो । राजदूत अबरार एच. हाशमीले राष्ट्रिय दिवस पाकिस्तानका लागि ऐतिहासिक महत्वको रहेको समेत कार्यक्रममा बताए ।
कार्यक्रममा उपराष्ट्रपति डा. रामसहायप्रसाद यादव प्रमुख अतिथि रूपमा सहभागी थिए । कार्यक्रममा उपसभामुख इन्दिरा राना, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई लगायतका सहभागी थिए ।
