मन्त्रिपरिषद् बैठक : संसद् अधिवेशन आह्वानका लागि सिफारिस

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

Council of Ministers meeting: Recommendation for convening the Parliament session

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले बैशाख १२ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार विद्यालय शिक्षा विधेयक लगायत पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको हो । 'संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन  आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद् बैठकको आह्वान गर्ने,' मन्त्री भट्टराईले भनेकी छन् । 

शिक्षकहरू विद्यालय शिक्षा विधेयक ल्याउन माग गर्दै काठमाडौंमा आन्दोलनमा रहेका छन् । यसैबीच सरकारले संसद्को अधिवेशन आह्वानको निर्णय गरेको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully