एमाले सचिवालय बैठक च्यासलमा सुरु

वैशाख ११ गते लोकतन्त्र दिवस परेको र सोही अवसरमा एमालेले काठमाडौँमा आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी

वैशाख १, २०८२

कान्तिपुर संवाददाता

UML secretariat meeting begins at Chasal

काठमाडौँ — सत्तारुढ दल एमालेको सचिवालय बैठक आज (सोमबार) पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ। बैठकमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक विषय र समसामयिक राष्ट्रिय मुद्दाहरूमा छलफल हुनेछ।

विशेषगरी बैठकमा आगामी वैशाख ११ गते पार्टीले आयोजना गर्ने शक्ति प्रदर्शनबारे विस्तृत छलफल हुने बताइएको छ।

वैशाख ११ गते लोकतन्त्र दिवस परेको र सोही अवसरमा एमालेले काठमाडौँमा आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। यस विषयमा बैठकमा थप रणनीति र तयारीबारे छलफल हुनेछ।

कान्तिपुर

Link copied successfully