प्रधानमन्त्रीले बाँडे तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर

चैत्र ३१, २०८१

रासस

The Prime Minister distributed computers to community schools in three districts

झापा — प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आइतबार दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो 

प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिृ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत सहभागी थिए ।

रासस

Link copied successfully