पूर्व प्रहरी महानिरीक्षक राणाको निधन

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Former Inspector General of Police Rana passed away

काठमाडौँ — पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको ७८ वर्षको उमेरमा निधन भएको छ ।

२००४ साल वैशाख १ गते जन्मिएका उनको शनिबार राति नर्भिक अस्पतालमा निधन भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।

कान्तिपुर

Link copied successfully