बीपी स्मृति अस्पतालको सेवा विस्तारमा सहयोग गर्ने देउवाको प्रतिबद्धता

चैत्र ३०, २०८१

रासस

Deuba's commitment to support the expansion of BP Smriti Hospital's services

काठमाडौँ — कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको सेवा विस्तारमा पार्टीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज अस्पतालमा आयोजित १७औँ वार्षिक साधारणसभामा उनले जननेता बीपी कोइरालाका नाममा अन्य स्थानमा पनि अस्पताल स्थापनाको प्रयास गर्ने बताए ।

'सहकारी संस्थाका रुपमा स्थापना भएको अस्पतालमा सेयर होल्डर र जनताको पैसाको सही सदुपयोग हुनुपर्छ,' उनले भने । देशको स्वास्थ्य क्षेत्रको विकासमा बीपी स्मृति अस्पतालले राम्रो काम गरेको भन्दै उनले सराहना गरे ।

रासस

Link copied successfully