दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र

चैत्र २९, २०८१

नारायण शर्मा

Down road blocked for 16 hours, thousands of passengers stranded

नवलपरासी — दाउन्नेको सडकमा हिलोमा फसेका सवारी साधन निकाल्न नसक्दा १६ घण्टादेखि सवारी आवागमन अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिनाका अनुसार दाउन्नेको विश्वकर्मा मन्दिर नजिक हिलोमा फसेका गाडी निकाल्न नसक्दा बिहीबार साँझदेखि राजमार्ग अवरुद्ध छ । 

'राजमार्ग खुलाउने प्रयास जारी छ,' उनले भने, 'हिलोमा फसेका गाडी बांगिएर (चिप्लिएका कारण) राजमार्ग अवरुद्ध भएको हो । म यहीँ छु । हिलोमा फसेका कारण गाडि निकाल्नै सकिएन ।'राजमार्गमा ग्राभेल र बालुवा हाल्दै गाडि हिँडाउने प्रयत्न जारी रहेको उनले सुनाए ।

बिहीबार दाउन्ने क्षेत्रमा परेको सामान्य वर्षाले राजमार्ग हिलाम्य भएको छ । राजमार्ग निर्माणको जिम्मेवारी पाएको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन (चिनियाँ ठेकेदार कम्पनी)ले राजमार्गमा ग्राभेल नहालेका कारण दाउन्ने राजमार्गको १४ किलोमिटर खण्डमा समस्या भएको हो ।

Down road blocked for 16 hours, thousands of passengers stranded

राजमार्ग बिस्तार गर्न भनेर पिच भत्काएको ४ वर्षसम्म दाउन्नेमा ग्राभेल पनि नगरेका कारण धुलोले हैरान छ । दुम्कीबास बर्दघाट खण्डमा पर्ने १४ किलोमिटर पहाडी सडक खण्डमा ३ फिट माथिसम्म धुलैधुलो छ । बिहीबार परेको सामान्य वर्षाले त्यो धुलो हिलोमा परिणत भएपछि गाडी चिप्लिएर राजमार्ग खुलाउन नसकिएको हो ।

Down road blocked for 16 hours, thousands of passengers stranded

'आज बिहान पौने ५ बजेदेखि दुम्कीबास नजिकको होंसी सिमेन्टको गेटमा अलपत्र परेका छौं लामो जाम छ,' कान्तिपुर भरतपुर कार्यालयबाट पत्रिका लिएर भैरहवा जाँदै गरेका गाडी चालक रामबहादुर चौधरीले भने, 'यहाँ हजारौं यात्रु अलपत्र छन् ।' 

Down road blocked for 16 hours, thousands of passengers stranded

जिल्ला प्रहरी प्रमुख यादव ढकालले राजमार्ग मर्मत गर्न ठेकेदारसँग कुरा भएको र राजमार्ग खुलाउन दाउन्नेमै ३ दर्जन प्रहरी परिचालन गरिएको जानकारी दिए । 

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully