अब देशमा राजा महाराजा चाहिँदैन : अध्यक्ष नेपाल

चैत्र २८, २०८१

शिव पुरी

Now the country does not need a King Maharaja: President Nepal

रौतहट — नेकपा (एकीकृत समाजवादी) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा अब राजा महाराजा नचाहिने बताएका छन् । बिहीबार पार्टीको रौतहट जिल्ला कमिटीको अधिवेशन उद्‍घाटनका अवसरमा अध्यक्ष नेपालले लोकतान्त्रिक गणतन्त्रमा राजाको कुनै जरुरी नभएको बताएका हुन् ।

‘लोकतान्त्रिक गणतन्त्रमा राजाको कुरा गर्नु उचित हुँदैन’ उनले भने,‘अब पनि राजा महाराजाको कुरा गर्नु राम्रो होइन । हामीलाई चाहिएको पनि छैन ।’

लोकतान्त्रमा जनताले ढुक्कसँगले आफ्नो कुरा राख्न पाउने उनको भनाइ छ । निरंकुश शासन जनताका लागि घाँडो हुने उनले अधिवेशनमा सहभागीलाई सुनाए । जिल्लाको समग्र विकासमा आफूले गरेको योगदानबारे उनले बखान गरे । सडक विस्तारदेखि कालोपत्रसम्मको  काम गरेको भनेर अध्यक्ष नेपालले आफ्नो  तारिफ गरे ।

चैत १५ गतको राजावादीको कार्यक्रम देशकै लागि राम्रो नभएको उनले सुनाए । सरकारले जनताको हितमा काम गर्नुपर्नेमा अहिलेसम्म सरकारको अनभूति जनताले गर्न नसकेको भन्दै उनले आलोचना गरे । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully