काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा हल्का वर्षा 

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Light rain in various districts of the country including Kathmandu Valley

काठमाडौँ — जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ, पाल्पालगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।  

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ । बुधबार राति पनि 

देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसमविद्ले जनाएका छन्  । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल प्रदूषित भएकाले पनि वर्षाले राहत दिलाउने मौसमविद्हरूको भनाइ छ । केही दिनयता काठमाडौंको वायुमण्डल प्रदूषित हुँदा सर्वसाधारण आजित भएका छन् । अस्पतालहरूमा आँखा पोल्ने, घाँटी दुख्ने, दमलगायतका समस्यासहित जाने बिरामीको संख्या बढिरहेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully