एमालेसँग एकता कुनै हालतमा सम्भव छैन : अध्यक्ष नेपाल

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

Unity with UML is not possible under any circumstances: President Nepal

विराटनगर — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले सँगको एकता सम्भव नभएको बताएका छन् ।

एकीकृत समाजवादी कोशी प्रदेशको सम्मेलन उद्घाटनका क्रममा विराटनगर आएका उनले विमानस्थलमा पत्रकारहरुसँग मंगलबार भने, ‘एमालेसँग एकता कुनै हालतमा सम्भव छैन ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राजतन्त्रवादीहरुले केही समय यता चुरीफुरी गरिरहेको उल्लेख गर्दै राजतन्त्र फर्किने कुरा दिवा सपना मात्रै भएको बताए । ‘राजतन्त्र फर्किनु, राणातन्त्र फर्किनु र दास युग फर्किनु उस्तै हो’, उनले भने, ‘असम्भव कुराका पछि नदौडन जनतालाई आह्वान गर्छु ।’

कान्तिपुर

Link copied successfully