जनकपुरधाम — प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सभामा विशेष सम्बोधन गर्दै राजतन्त्र समान्ती प्रणाली भएको बताएका छन् । मंगलबार सम्बोधनका क्रममा उनले राजतन्त्रबारे नयाँ पुस्तालाई सचेत गराउनु पर्ने आवश्यकता रहेको समेत बताए ।
‘राजतन्त्र प्रतिगामी सोच भएको व्यवस्था हो । समान्ती प्रणाली हो,’ सम्बोधनका क्रममा उनले भने,‘जन्मिँदै कोही राजा र कोही प्राजा हुँदैन । त्यसकारण हामी त्यस्ता कुरा स्वीकार गर्दैनौं ।’
अहिलेको नयाँ पुस्ताले राजतन्त्र नदेखेका कारण सडकमा केही गतिविधि देखिएको उनले बताए । अहिले जनतप्रतिनिधिले नयाँ पुस्तालाई सचेत गराउने काम गर्नुपर्ने उनको भनाइ छ ।
