सिरहामा प्रधानमन्त्री ओलीको कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण

सरकारी सवारीसाधनको पनि व्यापक दुरुपयोग, क्याम्पस बन्द गराएर पार्टीको कार्यक्रम, बालबालिकाको पनि प्रयोग

चैत्र २६, २०८१

विनय आजाद

Distribution of government fuel to transport workers to Prime Minister Oli's program in Siraha

सिरहा — सिरहामा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा सहभागी गराउन नेता कार्यकर्तालाई इन्धन बाँडिएको छ । ओलीको उपस्थितिमा सिरहा सदरमुकाममा मंगलबार सम्पन्न एमालेको एघारौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा कार्यकर्ता उतार्न इन्धन वितरण गरिएको हो ।

चोहर्वास्थित गोपाल पेट्रोल पम्पमा सवारीसाधनमा इन्धन वितरण गर्ने कामको अगुवाइ गर्दै भेटिएका एमाले कार्यकर्ता गुगली यादवका अनुसार, मोटरसाइकललाई २ लिटरसम्म, ट्याक्टरलाई १० लिटर र बसलाई १५ लिटरसम्म डिजेल तथा पेट्रोल वितरण गरिएको छ । तर, यो इन्धन पार्टीले नभई सरकारी स्रोतको दुरुपयोग गर्दै वितरण गरिएको पाइएको छ । जिल्लाका एमाले नेतृत्वका पालिकाहरूले आफ्नो खाता चल्दै आएको पेट्रोल पम्पहरूबाट इन्धन बाँडेको पाइएको हो ।

Distribution of government fuel to transport workers to Prime Minister Oli's program in Sirahaएमाले नेतृत्वकै एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार, आज वितरण भएको इन्धनलाई पालिकाकै इन्धन खर्चमा मिलान गरिनेछ । 'हाम्रोमा मात्रै होइन, सबै स्थानीय तहले इन्धन दिएका हुन्,' उनले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, 'मेयर साबहरूले भनेपछि नाइँनास्ती गर्ने कुरा भएन, हामीलाई नमुछिदिनुहोला ।' तर, यस विषयमा एमालेका सिरहा जिल्लाका कार्यवाहक अध्यक्ष एवं सिरहा नगरपलिकाका नगर प्रमुख नवीन यादवसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् । 

Distribution of government fuel to transport workers to Prime Minister Oli's program in Sirahaसिरहामा जम्मा १७ वटा स्थानीय तह छन् । जसमध्ये गोलबजार, सिरहा, धनगढीमाई, कर्जन्हा, कल्याणपुर र सुखीपुर नगरपालिका तथा नरहा, विष्णुपुर र भगवानपुर गाउँपालिका गरी ९ वटा स्थानीय तह एमालेले जितेको छ । यति मात्र नभई एमालेको यो कार्यक्रममा सरकारी सवारीसाधन पनि व्यापक दुरुपयोग भएको पाइएको छ । राजनीतिक कार्यक्रममा बालबालिकालाई प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भए पनि बालबालिकालाई कार्यक्रम प्रयोग गरिएको थियो ।

Distribution of government fuel to transport workers to Prime Minister Oli's program in Siraha'सिरहामा आज लुट भयो, सरकारी स्रोतमो व्यापक दुरुपयोग भयो,' सिरहाका अरविन्द यादवले भने, 'प्रधानमन्त्रीले सुशासन र समृद्धिको गफ दिएर थाक्नुहुन्न, तर आज उहाँको भाषणलाई नै गिज्याउने दृश्य सिरहामा देखियो ।'

Distribution of government fuel to transport workers to Prime Minister Oli's program in Sirahaयस्तै, पार्टीको कार्यक्रमका लागि सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस नै मंगलबार बन्द गराइएको थियो । क्याम्पस प्रमुख राजेश्वर यादवले प्रधानमन्त्रीको कार्यक्रम भएकाले क्याम्पस बिदा गरिएको बताए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully