संविधानअन्तर्गत शपथ खाएर आएपछि संसद्‌मा संविधान मान्दिन भन्नु गलत : प्रधानमन्त्री ओली

चैत्र २५, २०८१

रासस

It is wrong to say that the Parliament will not accept the Constitution after taking an oath under the Constitution: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्‌मा आएर संविधान मान्दिन भन्नु गलत हुने बताएका छन्। उनले त्यस्ता व्यक्तिहरूलाई लक्षित गर्दै इमान्दारिताको खडेरी देखिएको बताए। 

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामन्ति शासन व्यवस्थाका कारण नेपाल विकासमा पछाडि परेको र राजनीतिक परिवर्तनपछि जनताले गरेका व्यापक अपेक्षाका बीच आफूहरुले विकास र सुशासनका यात्रालाई अगाडि बढाउने भरमग्दुर प्रयास गरिरहेको दाबी गरे।

'पराजित सामन्तवाद मलाई त आउन मन लागिराख्या छ भन्न छाडेको छैन । सामन्तहरू मलाई साथ देऊ भनिराखेका छन्', राजतन्त्रवादीतर्फ लक्षित गर्दै उनले भने, 'संविधानकै व्यवस्थाअन्तर्गत शपथ खाएर संसद्‌मा आएर संविधान मान्दिनँ भन्नु इमानदारिताको खडेरी हो ।'

यसबाट सङ्क्रमणकाल अझै लम्बिने देखिएको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले नेपाल आफ्नो स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्दै अन्तर्राष्ट्रिय सम्बन्धबा त्यसका केही दायित्वहरु निर्वाह गर्न लागेको बताए।

उनले बङ्गालको खाडीको तातो हावालाई छेक्ने काम नेपालकै हिमालले गर्ने तथा समुद्रलाई धेरै तातो हुन नदिन र मरुभूमिकरणबाट यस भूभाग र बाँकी विश्वलाई जोगाउने काम हिमालले गरिरहेको बताए।

रासस

Link copied successfully