नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Chandrashekhar's role is important in strengthening Nepal-India relations: Deputy Prime Minister Singh

काठमाडौँ — उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याएको योगदान विषयक अन्तरक्रियामा उपप्रानमन्त्री सिंहले चन्द्रशेखरको भूमिकाको प्रशंसा गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहले भने. 'चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उहाँहरूले नेताको रूपमा राजनीतिक परिवर्तनमा खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ ।

सिंहले चन्द्रशेखरको प्रेरणाले नेपाल–भारतको सम्बन्ध झन् बलियो बनाएको बताए । उनले थपे, '२०४६ सालको जनआन्दोलनलाई सफल बनाउन चन्द्रशेखरज्यूले खेल्नुभएको भूमिका स्मरणीय छ ।' 

कांग्रेसका नेता प्रकाशशरण महतले पनि नेपालमा २०४६ मा भएको जनआन्दोलनलाई सफल बनाउनमा चन्द्रशेखरको भूमिकाको स्मरण गरेका थिए । ' भारतमा प्रधानमन्त्री हुँदा नेपाललाई निकै सहयोग गर्नुभयो उहाँले । बिपी कोइरालासँगको सम्बन्ध पनि राम्रो थियो,' उनले भने‍,‍ '२०४६ सालको आन्दोलनमा उहाँ नेपालमै आएर गणेशमान सिंहको घरमा भाषण गरेर महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।'

कान्तिपुर

Link copied successfully