जनआन्दोलन दिवसमा आजपाको प्रदर्शन 

चैत्र २४, २०८१

कान्तिपुर संवाददाता

AJP's demonstration on Jan Andolan Day

काठमाडौँ — जनआन्दोलन दिवसका अवसरमा आम जनता पार्टी(आजपा)ले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले नेताहरूको व्यवहारले जनता रुष्ट भएको बताएका छन् ।

‘यी  नेताहरूलाई म सोध्न चाहन्छु–के तिमीहरूलाई राजा बनाउनका लागि नेपाली जनताले लडेका थिए ? तिमीहरूको छोराछोरीलाई विदेशमा मोजमस्ती गरुन् भनेर हामीले आन्दोलन गरेका थियौं ? के तिमीहरूलाई र तिमीहरुको खानदान, दर खानदानसम्मलाई पुग्ने अकूत सम्पत्तिको मालिक बनाउनका लागि लडेका थियौं ?,’ अध्यक्ष साहले सोधे ।

AJP's demonstration on Jan Andolan Dayजनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धि पनि अहिलेका शासकहरूले बेचेर खाएको उनको आरोप छ ।

काठमाडौंमा कवाड व्यवसाय र मजदुरमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र मेयर बालेन्द्र शाहको पनि आलोचना गरे । कवाडमा आवद्धहरूलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको उनको भनाइ थियो ।

AJP's demonstration on Jan Andolan Dayआजपाको प्रदर्शन भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, सहिद गेट, सुन्धारा, रत्नपार्क, जमल, घण्टाघर हुँदै पुन: भृकुटीमण्डपमै पुगेर सभामा परिणत भएको थियो । 

कान्तिपुर

Link copied successfully