आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, बाँकी क्षेत्रमा सफा

चैत्र २३, २०८१

कान्तिपुर संवाददाता

Today's weather: Partly cloudy in hilly areas, clear in rest

काठमाडौँ — आज पनि काठमाडौँ उपत्यकाको प्रदूषण घटेको छैन। आज देशका पहाडी भूभागमा आंशिक बदली हुने छ भने बाँकी क्षेत्रहरूको मौसम सफा रहने छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा भने बिहानै देखि प्रदूषित तुवाँलोले ढाकेको छ। 

कान्तिपुर संवाददाता

Link copied successfully