तीनकुने घटनामा बल प्रयोग आवश्यकता र समानुपातिक आधारमा : सशस्त्र महानिरीक्षक अर्याल

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

Use of force in the three-cornered incident on a necessary and proportional basis: Armed Inspector General Aryal

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले प्रहरी संगठनहरूलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक अर्यालले गृह मन्त्रालयलाई धेरै वर्ष पहिलादेखि प्रहरीलाई साधन स्रोत उपलब्ध गराउन सूची दिए पनि पूरा हुन नसकेको दाबी गरे । 

‘गृह मन्त्रालयले प्रहरीलाई सामान वर्षौं वर्ष भइसक्यो दिनुपर्छ भनेको, तर अहिलेसम्म भएको छैन । सुरक्षा राष्ट्रको प्रायोरिटीमा पर्नुपर्छ । त्यो पर्नको लागि अहिले मैले अनुरोध गरेको किन हो भने अहिले बजेटको समय आएको छ । व्यक्तिगत इन्टेन्सनले कुनै पनि कमी, कमजोरी भएको छैन । टेक्नोलोजीकल कारणले, साधन श्रोतको कारणले धेरै कुरा भने जस्तो गर्न सकेको छैन,’ उनले भने । 

महानिरीक्षक अर्यालले तीनकुने घटनामा बल प्रयोग आवश्यकता र समानुपातिकमा आधारित रहेको दाबी गरे । 

कान्तिपुर

Link copied successfully