काठमाडौँ — राप्रपाले चैत १५ गतेको तीनकुने घटनाका बारेमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । तीनकुने घटनाका सम्बन्धमा सरकारबाट दमन भएको भन्दै राप्रपा नेताहरूले शुक्रबार आयोग पुगेका अध्यक्ष तपबहादुर मगरको ध्यानाकर्षण गराएको हो ।
चैत १५ गते तीनकुने घटनाका सम्बन्धमा सरकारबाट भएको दमन, घुसपैठ र झुटा मुद्दामा आफ्नो पार्टीका नेताहरू पक्राउ परेको विषयमा राप्रपाले अध्ययन, अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
राप्रपा महामन्त्रीद्वय राजेन्द्र गुरुङ, शरदराज पाठक, श्रेष्ठलगायतको टोलीले आयोग अध्यक्ष मगर, सचिव मुरारी खरेललगायतसँग छलफल गरेको थियो ।
