मानवअधिकार आयोगले बनायो तीनकुने घटना छानबिन समिति 

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

The Human Rights Commission formed a tripartite committee to investigate the incident

काठमाडौँ — राष्ट्रिय मानवअधिकार आयोगले तीनकुने घटना छानबिन गर्न समिति बनाएको छ । आयोगले शुक्रबार सदस्य मनोज दुवाडीको संयोजकत्वमा छानबिन समिति बनाएको हो ।

चैत १५ मा प्रहरी र राजावादीबीच झडप हुँदा पत्रकारसहित २ जनाको मृत्यु र दर्जनौं घाइते भएका थिए । प्रहरीको गोली लागि सविन महर्जनको मृत्यु भएको हो भने आन्दोलनकारीले निजी भवनमा लगाएको आगोमा जलेर फोटो पत्रकार सुरेज रजकको ज्यान गएको थियो ।

आक्रोशित राजावादी प्रदर्शनकारीले घर, कलकारखाना, पार्टी कार्यालय, सञ्चारगृहमा समेत तोडफोड गरेका थिए ।  

कान्तिपुर

Link copied successfully