काठमाडौंको हावा बन्यो फेरि विश्वकै प्रदूषित 

चैत्र २२, २०८१

कान्तिपुर संवाददाता

Kathmandu's air has again become the most polluted in the world

काठमाडौँ — काठमाडौं सहर विश्वकै प्रदूषित सहर बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार शुक्रबार साँझ ७ बजे काठमाडौंको वायु गुणस्तर १८२ एक्यूआई पुगेसँगै विश्वकै प्रदूषित बनेको हो ।

एक सातादेखि काठमाडौंको वायु प्रदूषित विश्वकै प्रदूषित सहरमा उक्लिरहेको छ । काठमाडौंको हावा प्रदूषित बनेसँगै छाती, आँखा, नाक, कान र घाँटीका बिरामीसमेत बढेका छन् ।

साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र काठमाडौं महानगरपालिकाले सूचना जारी गरेर बाहिर निस्कँदा मास्क अनिवार्य प्रयोग गर्न, अनावश्यक प्रदूषण नफैलाउन अनुरोध गरेको छ । योसँगै विज्ञहरूले काठमाडौं हावाले खतरनाक तह पारगरेसँगै विज्ञले साताको दुई दिन बिदा दिनसमेत सुझाएको थियो । यसैगरी सरकारले यसमा छिटो निर्णय लिने जनाएको छ । 

बिहीबार काठमाडौंको वायु गुणस्तर खतरनाक तह अर्थात् ३८४ एक्यूआई पुगेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully