प्रधानमन्त्री ओलीसँग बिमस्टेकका महासचिव पाण्डेको भेट

चैत्र २२, २०८१

रासस

BIMSTEC Secretary General Pandey's meeting with Prime Minister Oli

बैंकक — प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन् ।

बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैंककस्थित होटल सांग्रीलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेका हुन् । बिमस्टेकको सचिवालय बंगलादेशको ढाकामा रहेको छ ।

रासस

Link copied successfully