काठमाडौँ — कार्यवाहक प्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
कार्यवाहक प्रधानमन्त्री सिंहले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका उनको सचिवालयले जनाएको छ ।
भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली विमस्टेक सम्मेलनमा सहभागी हुन थाइल्याण्ड गएका छन्।
