साना देशहरूमाथि जोखिम बढ्दैछ, सबै सजग बनौँ : प्रधानमन्त्री ओली

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Risks are increasing for small countries, let's all be aware: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले साना देशहरू माथि विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले सबैलाई सजग रहनुपर्ने बताएका छन्।

मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमणको क्रममा उनले एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्रवचन दिँदै साना देशहरूलाई बढ्दै गएको चुनौती र जोखिमबारे चिन्ता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको असर विश्वभर बढिरहेको उल्लेख गर्दै यसले देशहरूलाई थप जोखिममा पारिरहेको बताए । उनले हतियारको बढ्दो प्रयोग ले मानव जीवन र मानवता नै संकटमा पारेको भन्दै चिन्ता व्यक्त गरे।

अहिले साना र जोखिममा रहेका देशहरूको पीडा सुन्ने कोही नभएको भन्दै प्रधानमन्त्री ओलीले विश्व मानवता र भ्रातृत्वका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले जलवायु संकटलाई समयमै सम्बोधन नगरे देशका नागरिकहरू अझै गरिबी र दुःखमा धकेलिने भएकाले विश्व समुदायलाई गम्भीर बन्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले गरिबी निवारण गर्दै समृद्धि हासिल गर्न अगाडि सारेको कार्यक्रम र रणनीति एक देशको लागि मात्र नभएर सम्पूर्ण विश्वलाई नै शान्तिसहितको विकासको अवधारणा अगाडि सारेको बताए ।

एसिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा नेपाली विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको छ। नेपाली विद्यार्थी संख्या पाँचौं स्थानमा छ। हाल १ सय८१ नेपाली विद्यार्थी अध्ययनरत छन्।

कान्तिपुर

Link copied successfully