दाउन्नेमा सडक एकतर्फी, टिपर बिग्रिँदा तीन घण्टा अवरुद्ध

चैत्र २१, २०८१

नवीन पौडेल

One-way road at Downne, blocked for three hours due to tipper breakdown

परासी — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा  बालुवा बोकेको टिपरको पट्टा भाँचिदा सडक अवरुद्ध भएको छ ।

विनय त्रिवेणी गाउँपालिका–२ घ्यू खोला नजिकै लु २ ख ४२५ नम्बरको टिपर बिग्रिँदा तीन घण्टासम्म सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

तीन घण्टापछि एकतर्फीरुपमा सडक सुचारु भए पनि सवारीको लामो लाइन लागेको छ । पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा यात्रुहरू रोकिएका छन् । 

सडक विस्तारको क्रममा रहेको यस सडक खण्डमा पहाड काट्ने, कल्भर्ट निर्माण जस्ता कामले हरेक दिन सवारी जाम हुने गरेको छ । साँघुरो सडकमा एउटा सवारी बिग्रिँदा पनि  जाम हुने समस्याले यात्रुले सास्ती पाएका छ्न् ।

सडकको अवस्था जीर्ण हुँदा दाउन्ने खण्डको १४ किलोमटर दूरी पार गर्न २ देखि ३ घण्टा लाग्ने गरेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully