काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली समकक्षी हरिनी अमरासुरियाबीच भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनका क्रममा बिहीबार दुई नेताबीच बैंककमा भेटवार्ता भएको हो ।
बिमस्टेक बैठकमा सहभागी हुन गएका प्रधानमन्त्री ओली साइडलाइन बैठकमा समेत व्यस्त छन् । यसअघि उनले थाई राजा र प्रधानमन्त्रीसँग भेटवार्ता गरिसकेका छन् ।
त्यस्तै शुक्रबार दिउँसो भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
