अन्तर्राष्ट्रिय मान्यताविपरीत कार्य गरेको आरोपमा रेडक्रसका अध्यक्षसहित पाँच पदाधिकारी बर्खास्त

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

Five officers, including the chairman of the Red Cross, were dismissed for acting against international norms

काठमाडौँ — अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट समाज महासंघ (आईएफआरसी)ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जना पदाधिकारीलाई बर्खास्त गरेको छ।

रेडक्रमका अन्तरार्ष्ट्रिय मान्यताविपरीत कार्य गरेको आरोपमा आईएफआरसीले रेडक्रसका सभापति सुदर्शनप्रसाद नेपाल, महामन्त्री भूपतिलाल श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार बस्नेत, उपमहामन्त्री मनोजकुमार थापा र सदस्य नारायण तिमिल्सिनालाई पदबाट बर्खास्त गरेको हो।

उनीहरूलाई अब आगामी दिनमा हुने निर्वाचनमा समेत भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको आईएफआरसीले जनाएको छ। लामो समय विवादमा फसेको रेडक्रसको गत निर्वाचनमा यी पाँच पदाधिकारीले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका बीच गठबन्धन गरी भागबण्डा गर्ने समझदारीमा हस्ताक्षर गरेका थिए।

त्यही प्रमाणका आधारमा आईएफआरसीले रेडक्रसको निष्पक्षता र स्वतन्त्रता जस्ता अन्तर्राष्ट्रिय मान्यताहरू उल्लंघन भएको भन्दै यी पदाधिकारीहरूलाई पदबाट बर्खास्त गरिएको जनाएको छ। आईएफआरसीले अन्य पदाधिकारीहरूका सम्बन्धमा पनि छानविन गरिरहेको र उनीहरूलाई पनि कारबाही हुन सक्ने जनाएको छ।

नेपालमा रेडक्रसको स्वयम्‌सेवी अभियानमा जोडिएपनि राजनीतिक दलमा आवद्ध हुन नपाउने रेडक्रसको अन्तर्राष्ट्रिय मान्यतालाई भने कमैले मात्र पालना गरेका छन्। देशभर रेडक्रसका संगठनका दलका नेता कार्यकर्ताहरूको वर्चस्व छ। यस्तोमा यसपटक आईएफआरसीले केन्द्रीय पदाधिकारीहरूलाई नै कारबाही गरेर नेपाल रेडक्रस सोसाइटीलाई सजग गराएको छ। 

Five officers, including the chairman of the Red Cross, were dismissed for acting against international norms

कान्तिपुर संवाददाता

Link copied successfully