भूकम्पमा सघाउन राहतसहित नेपाली सेनाको विमान म्यानमार उड्यो

चैत्र २०, २०८१

सुरज कुँवर

Nepalese army plane flew to Myanmar with relief to help in the earthquake

काठमाडौँ — मेडिकल राहतसहित नेपाली सेनाको जहाज म्यानमारतर्फ उडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बिहान १०ः४८ बजे सेनाको सीएन–२३५ विमान बंगलादेशको ढाका हुँदै म्यानमारका लागि उडेको हो ।  

शुक्रबारको शक्तिशाली भूकम्पमा व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट सेनाले मेडिकल सहायता गर्ने जनाएको छ । 

Nepalese army plane flew to Myanmar with relief to help in the earthquakeम्यानमारको मध्य क्षेत्रमा शुक्रबार ७ दशमलव ७ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो । जसमा कम्तीमा २७ सय मानिसको ज्यान गएको थियो भने ४५ सय बढी सर्वसाधरण घाइते भएका थिए । 

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, टर्बोप्रोप इन्जिन भएको सेनाको विमानले मेडिकल टोली छाडेर भोली काठमाडौं फर्किने छ । ६ दिनपछि पुन उनीहरुलाई सैनिक विमान काठमाडौंबाट लिन जाने तालिका छ । 

Nepalese army plane flew to Myanmar with relief to help in the earthquakeनागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, नेपालको इतिहासमै पहिलोपटक म्यानमारका लागि प्राकृतिक विपद्‌मा सैनिक जहाज पठाइएको हो । प्राधिकरणले यो उडानमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरासहित ५ जना चालक दलको टोली तथा स्वास्थ्यकर्मीसहित १६ जनालाई त्यहाँ जान मंगलबार उडान अनुमति जारी गरेको थियो ।

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Link copied successfully