आज मध्यरातदेखि संसद्  अधिवेशन अन्त्य

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Parliament session ends from midnight today

काठमाडौँ — संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:००  बजेदेखि अन्त्य हुँदै छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । 

मन्त्रिपरिषद्को सोमबारको बैठकले संघीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२:००  बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

कान्तिपुर

Link copied successfully