सरकारको गतिमा सबैको चित्त बुझेको छैन, गियर बदल्नुपर्‍यो : सांसद खतिवडा

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Not everyone is satisfied with the speed of the government, the gear had to be changed: MP Khatiwada

काठमाडौँ — कांग्रेस सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै अब गियर बढाउनुपर्ने सुझाव दिएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले सधैँ निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने र आशाका किरणहरू दिन आवश्यक रहेको बताए ।


उनले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणका हिसाबले केही हदसम्म सफल रहेको बताए । साथै, संसद् अवरोध गरेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएकोमा सकारात्मक प्रतिक्रिया दिए।


सांसद खतिवडाले भने, 'सधैँ निराशा र कुण्ठित अभिव्यक्तिले मात्र मुलुक बन्दैन। सरकारले आशाका किरणहरू दिन सफल हुनुपर्छ। अहिले सरकार जुन गतिमा अघि बढिरहेको छ, त्यसले सबैको चित्त बुझेको छैन। अब गियर परिवर्तन गर्नुपर्छ। जुन गियरमा छ, त्योभन्दा माथि जानुपर्छ। म स्वयं हिन्दु धर्म मान्ने व्यक्ति हुँ, तर नेपाल सबैलाई अटाउने र समेट्ने राज्य हुनुपर्छ। म त्यसै पक्षमा छु।'


उनले हालै राजावादी समूहहरू सक्रिय भएको उल्लेख गर्दै कोही आवेगमा आएर अगाडि बढ्दैमा सबैले त्यसैअनुसार चल्न नहुने धारणा राखे ।

कान्तिपुर संवाददाता

Link copied successfully