आजको मौसम : कोशी र गण्डकीमा वर्षाको सम्भावना

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Today's weather: Chance of rain in Koshi and Gandaki

काठमाडौँ — आज कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज  लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहने अनुमान गरिएको छ।

आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully