‘फेरि राजा बन्छु भन्नेले नै तीनकुने घटनाको जिम्मेवारी लिनुपर्छ’

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

”Those who say they will become king again should take responsibility for the three-cornered incident”

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको जिम्मेवारी पूर्व राजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले चैत १५ को आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताउँदै भने, 'यसमा तत्कालीन राजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?'

प्रधानमन्त्री ओलीले इतिहासको कुनामा फ्याँकिसकेको व्यक्तिसँग सामेल भएर घटाइएको हिंस्रक घटनामा संलग्न जोसुकैमाथि कडा प्रशासनिक कारबाही हुने बताए । उनले भने, 'मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट– शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ? '

ती सबै घटनाको मूल जिम्मेवार पूर्वराजा नै भएको र उनले नै जिम्मेवारी लिनु पर्ने उनले बताए ।

सम्बोधनकै क्रममा उनले एक वर्षदेखि संविधान र सरकारमाथि बारम्बार प्रहार समेत भएको बताए ।

कान्तिपुर

Link copied successfully