राप्रपा अध्यक्ष लिङदेनको प्रश्न : कांग्रेस–एमाले भजनकीर्तन गाउँदै सत्तामा आइपुगेको हो?

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

RPP President Lingden's question: Did the Congress-UML come to power singing bhajankirtan?

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यहरूले सत्तामा भजन कीर्तन गाउँदै र मादल बजाउँदै आइपुगेको हो? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरे । उनले चैत १५ गते भएको राजावादी समूहको आन्दोलनमा आन्दोलनकारीले मात्रै नभई राज्य पक्षबाट समेत ज्यादती गरिएको आरोप लगाए । उनले अहिले सत्तामा रहेका दलहरूले तोडफोड र मान्छे मारेर सत्तामा पुगेको टिप्पणी गरे । उनले सरकारले राजावादी आन्दोलन बिथोल्नको लागि घरको छतमा बसेर म्याद गुज्रेका अश्रुग्यास फालेको आरोप लगाए ।

उनले भने, 'चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो? त्यो नियन्त्रण गर्ने दायित्व सरकारको होइन? तपाई कांग्रेस–एमाले भन्नेहरू आज यो सत्तामा भजन कीर्तन गाउँदै मादल बजाउँदै आइपुगेको हो? तपाईँहरू तोडफोड नगरी आएको हो? मान्छे नमारी आएको हो? त्यस कारण म भन्छु, सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो? छतमा बसेर किन म्याद सक्केको अश्रुग्याँस बर्साइयो? किन माथिबाट गोली हानियो? त्यसको जवाफ चाहिन्छ।'

उनले न्यायिक छानबिन आयोग गठन गरेर दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

कान्तिपुर

Link copied successfully