आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री ओली

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

No one involved in criminal incidents gets immunity: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबारको आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकको सुरुवातमै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा घटाइएको आपराधिक घटनामा संलग्न भएको खण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उन्मुक्ति नपाउने बताए ।

प्रधानमन्त्री ओलीले इतिहासको कुनामा फ्याँकिसकेको व्यक्तिसँग सामेल भएर घटाइएको हिंस्रक घटनामा संलग्न जोसुकैमाथि कडा प्रशासनिक कारबाही हुने बताए ।

व्यक्ति हत्या, सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि गृह मन्त्रालयबाट छानबिन भइरहेको र विस्तृत विवरण प्रतिवेदनका रुपमा आउने उनले बताए । 

सम्बोधनकै क्रममा उनले एक वर्षदेखि संविधान र सरकारमाथि बारम्बार प्रहार समेत भएको बताए ।

कान्तिपुर

Link copied successfully