काठमाडौँ — माओवादीको 'तराई मधेश जागरण अभियान' चैत २० देखि बाँकेबाट सुरु हुने भएको छ । सोमबार बसेको पदाधिकारी बैठकले बाँकेबाट सुरु गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापेकोटाले जानकारी दिए ।
झापाबाट फागुन १२ बाट सुरु भएको अभियान चैत ८ मा स्थगित भएको थियो । बाँकेबाट सुरु गरी महेन्द्रनगरमा पुगेर कार्यक्रम सक्ने माओवादीको तयारी छ ।
अभियानको समीक्षा गर्दै जनतासँग जोडिन महत्त्वपूर्ण भएको माओवादीको निष्कर्ष छ ।
