लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : अध्यक्ष केसी

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Democracy and republic are not given 'boxis' by anyone: President KC

काठमाडौँ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूबीच मतभेद बढेका कारण प्रतिगामी तत्वहरू सक्रिय हुन थालेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै अध्यक्ष केसीले व्यवस्थामो रक्षाका लागि नेतृत्व गरेका नेताहरूले सच्चिनुपर्ने बताए । उनले गणतन्त्रवादी दलहरूबीच मतभेद भए पनि लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस नदिएको टिप्पणी गरे । उनले गणतन्त्रवादी दलहरूले देश र जनताको अगाडि निर्भिक भएर आफ्ना कमजोरीहरू स्वीकार्दै आत्मआलोचना गर्नुपर्ने समेत बताए ।

उनले भने, 'हाम्रा बीचमा मतभेद छन्। तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको छैन। त्यसकारणले लोकतन्त्र र गणतन्त्र पक्षधरहरूको बीचमा प्रशस्तै मतभेद छन्। मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथिहरु सच्चिनु, आत्मआलोचना गर्नु। ती कमजोरी भएका कुराहरुलाई देश र जनताको अगाडि निर्भिक भएर आत्मआलोचना हुनुपर्दछ। होइन भने हामीले वर्षौं लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरूले उल्ट्याउँछन् नि।'

उनले तीनकुने घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दलहरू अगाडि बढ्नुपर्ने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully