मकवानपुरको सिस्नेरीमा खाल्डोमा डुबेर ३ जना बालकको मृत्यु

चैत्र १८, २०८१

सुवास विडारी

3 children died after drowning in a ditch in Sisneri, Makwanpur

मकवानपुर — मकवानपुरको सिस्नेरीमा खाल्डोमा जमेको पानीमा डुबेर ३ जना बालकको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरी चौकीनजिकै डुबेर उनीहरूको डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीहरूको पहिचान खुलेको छैन । मृतकको उमेर १२/१३ वर्षको रहेको छ ।

असोज १२/१२ गते आएको पानीले सिस्नेरीको सडक बगाएर बनेको खाल्डोमा उनीहरू नुहाउन गएको बुझिएको छ । उनीहरू मामाघर घुम्न आएको बुझिएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully