प्रमुख प्रतिपक्षीको मागमा दम र आधार छैन : एमाले सांसद पन्त

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

The demand of the main opposition has no strength and basis: UML MP Pant

काठमाडौँ — एमाले सांसद रघुजी पन्तले वर्तमान संविधानको कार्यान्वयन र रक्षाका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । आइतबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै  सांसद पन्तले संसद्‍मा सबैले बोल्न पाउने संवैधानिक हक भएको बताएका हुन् । 

सांसद पन्तले प्रतिपक्षले संसद् अवरुद्ध गरेकाले तीनकुनेमा भएको घटनाबारे गृहमन्त्रीले  जवाफ दिन नपाएको बताए । उनले प्रतिपक्षले जे विषय उठाएर संसद् अवरुद्ध गरेका छन् उक्त विषयमा दम र आधार नभएको आरोप लगाए ।

'प्रतिपक्षले बोल्न उठाएको कुरामा उस्को आवाजमा पनि दम र आधार हुनुपर्‍यो नि । १५ गतेको दिन यत्रो ठूलो घटना भएको छ काठमाडौंमा, त्यो घटनाका बारेमा आज संसद्‍मा आएर देशलाई जानकारी दिन पाउनुपर्छ कि पर्दैन गृहमन्त्रीले ?  प्रधानमन्त्रीले त भनी सक्नुभयो भोलि आउँछु भनेर १८गते । प्रधानमन्त्रीले आउँछु भन्दा भन्दै हाउस यसरी रोक्नु उचित भएन, हाउस चलाऔँ, १५ गतेको घटनाबारे गम्भीरतापूर्वक छलफल गरौँ,' उनले भने ।

भूपू भइसकेका राजाको निर्देशनमा तीनकुनेमा घटेको घटनाबारे संसद्ले छलफल गरेर एउटा प्रस्ट धारणा बनाएर अगाडि बढ्नुपर्ने बताए । 

कान्तिपुर

Link copied successfully