प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच टेलिफोन वार्ता

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

Telephone conversation between Prime Minister Oli and Maoist Chairman Dahal

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन कुराकानी गरेका छन् ।  प्रधानमन्त्री ओलीले दाहालसँग समसामयिक विषयमा कुराकानी गरेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

प्रधानमन्त्री ओलीले सोमबार नै सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले भोलि १८ गतेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरिरहेको छ ।

विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयलाई लिएर विपक्षी दलले अवरोध जारी राखेका छन् । 

कान्तिपुर

Link copied successfully