म्याद थपका लागि राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री राणालाई सरकारी कार्यालय लगियो

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

RPP Senior Vice President Mishra and General Minister Rana were taken to the government office for extension

काठमाडौँ — तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

अनुसन्धानका लागि म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए ।

शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड, लुटपाट मच्चाएपछि राप्रपा नेताहरु र पूर्वराजा समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको थियो । 

आन्दोलनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु, दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

RPP Senior Vice President Mishra and General Minister Rana were taken to the government office for extension

कान्तिपुर

Link copied successfully