तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता मिश्र र राणासहित ११ जनालाई ५ दिनको म्याद थप

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

The 11 people arrested in the Three Kune incident, including RPP leader Mishra and Rana, have been given an extension of 5 days

काठमाडौँ — तीनकुने घटनामा पक्राउ परेका राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत ११ जनालाई अदालतबाट ५ दिनको म्याद थप भएको छ । 

उनीहरुलाई बयानपछि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ५ दिन थुनामा राख्न म्याद दिएको प्रहरी परिसर काठमाडौंका एसपी तथा सूचना अधिकारी अपिलराज बोहोराले जानकारी दिए । 

शुक्रबार काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा भौतिक संरचनामा तोडफोड, लुटपाट मच्चाएपछि राप्रपा नेताहरु र पूर्वराजा समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनका क्रममा एक पत्रकारसहित २ जनाको मृत्यु, दर्जनौं प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।

The 11 people arrested in the Three Kune incident, including RPP leader Mishra and Rana, have been given an extension of 5 days

तस्बिर : अंगद ढकाल/कान्तिपुर

कान्तिपुर

Link copied successfully