प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

Prime Minister Oli called an all-party meeting

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आइतबार साँझ ७ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन्।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए। 

उनका अनुसार पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद् र सरकार सञ्चालनका विषयहरूमा छलफल गर्न बैठक बोलाइएको हो।

कान्तिपुर संवाददाता

Link copied successfully