काठमाडौँ — यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बिमितको धनसम्पत्तिमा भएको क्षतिबाट पर्न सक्ने बिमा दाबीलाई सहज रूपमा यथाशक्य छिटो फर्छ्यौट नेपाल बिमा प्राधिकरणले निर्देशान दिएको छ ।
प्राधिकरणले सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई आइतबार उक्त निर्देशन दिएको हो ।
प्राधिकरणले चैत १५ गते भएको हुलदङ्गाका कारण बिमितको धन सम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्न सक्ने बिमा दाबीलाई सहज रूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न आज सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिएको हो ।
यसैगरी, काठमाडौं उपत्यकामा चैत १५ गते भएको हुलदङ्गाका कारणले भएका क्षतिको विवरण ‘एक्सेल स्प्रिड सिट’ ढाँचामा प्राधिकरणले दिएको गुगलफर्मको लिङ्कमार्फत साप्ताहिक रूपमा प्रत्येक साताको बुधबार प्राधिकरणमा पेस गर्न पनि सबै निर्जीवन बिमा कम्पनी र निर्जीवन लघुबिमा कम्पनीलाई निर्देशन दिइएको प्राविधरणका कार्यकारी निर्देशक सुशिलदेव सुबेदीले बताए ।
