राजावादीले आगजनी र तोडफोड गरेको कोटेश्वर क्षेत्रमा पुगे गृहमन्त्री लेखक

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

The home minister reached the Koteshwar area where the royalists had arson and vandalized

काठमाडौँ — राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौंको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गरेका छन् । गृहमन्त्री लेखक शनिबार बिहान उक्त क्षेत्रको अनुगमनमा गएका हुन् ।

दुर्गा प्रसाईं र नवराज सुवेदीलगायतले नेतृत्व गरेको राजावादीहरूको समूहले शुक्रबार काठमाडौंका तीनकुने,  कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । 

उक्त क्षेत्रको अनुगमन गर्न गृहमन्त्री लेखकसहित मन्त्रालयका उच्चपदस्थ अधिकारी पुगेका हुन् । 

राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । 

कान्तिपुर

Link copied successfully