तीनकुने क्षेत्रको कर्फ्यु आदेश स्थगित

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

The curfew order of Tinkungune area has been suspended

काठमाडौँ — काठमाडौंको तीनकुने, कोटेश्वर, शंखमूल, बानेश्वर लगायतको क्षेत्रमा शनिबार बिहान ७ बजेसम्म जारी कर्फ्यु आदेश स्थगित गरिएको छ ।

शुक्रबार राजावादीको प्रदर्शनकाक्रममा व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । आज बिहान ७ बजेदेखि कर्फ्यु आदेश स्थगन गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

The curfew order of Tinkungune area has been suspended

स्रोतका अनुसार तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको थियो ।

कान्तिपुर

Link copied successfully