तीनकुने घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष दाहालको माग

चैत्र १६, २०८१

कान्तिपुर संवाददाता

Chairman Dahal's demand to bring the culprits of the Three Kune incident to justice

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको  छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

एकीकृत समाजवादी केन्द्रको कार्यालयमा आक्रमणबाट भएको क्षतिबारे आज बिहान निरीक्षण गरेपछि भएको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उहाँले दोषीलाई कारबाहीको माग गरेका हुन्। उनले असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरे । 

बैठकपछि सञ्चारकर्मीहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको सरकारले गम्भीर रुपमा समीक्षा गर्नुपर्नेमा जोड दिए । साथै उनले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई सुझाव दिए ।

कान्तिपुर

Link copied successfully