गोली लागेर उपचारत भोजपुरका दर्जी मंगलबार कतार जान काठमाडौं आएका थिए

चैत्र १६, २०८१

विवेक पोख्रेल

A tailor from Bhojpur, who was treated for a bullet wound, came to Kathmandu on Tuesday to go to Qatar

काठमाडौँ — वैदेशिक रोजगारीका लागि भोजपुरका ३० वर्षीय शम्भू दर्जी मंगलबार कतार जाँदै थिए । पारिवारिक भेटघाटपछि उनी कतार जाने गरेर काठमाडौँको गौरीघाट रहेको दिदीको कोठामा आउँदै गर्दा तीनकुनेमा आफूलाई रबरको गोली लागेको बताउँछन् । 

शुक्रबार राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौँमा राजावादीहरुले प्रदर्शन गरेका थिए । ‘तीनकुनेमा राजावादीको आन्दोलनका गाडी कोटेश्वरबाट यता आउन सकिन । हिँड्दैँ जान्छु भनेर आउँदै थिए । तीनकुने आइपुग्दा झड्प भइरहेको थियो । प्रहरीले हानेको ग्यासहरुले मेरो अँखा पोल्यो । हिँड्नै सकिनँ,’ अप्रेशनपछि शनिबार राष्ट्रिय ट्रमा सेन्टरको अर्थो ट्रमा हाड-जोर्नी वार्डमा भेटिएका उनले भने,‘चोककै साईडमा बसेर हेरिरहेको बेला कताबाट गोली आएर लाग्यो थाहा नै भएन । आमा क्यान्सरको बिरामी हुनुहुन्थ्यो । उहाँको उपचार र पारिवारिक भेट सकेर काठमाडौं आएको थिएँ ।’

‘म पाँच वर्ष साउदी बसेर नेपाल आएको हुँ,’ दर्जीले भने,‘पचास हजार तलब सम्झौता भएसँगै कतार जान लागेको थिए । कतारका लागि धेरै पैसा खर्च गरिसके अब के हुन्छ ? केही सोच्न सकेकै छैन ।’  

रामप्रसाद गाउँपालिका-१ खेनाका उनी आफू आन्दोलनकारी नभएको बताउँछन् । 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully