तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा : दाहाल

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

Tinkunema Mandala is the height of anarchy: Dahal

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूले अराजकता फैलाउन तीनकुनेमा प्रदर्शन गरेको बताएका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गमा आज भएको समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै दाहालले पहिल्यै आफूहरूले राखेको कार्यक्रमकै दिन राजावादीले पनि जुधाएको बताए । 

‘हामीले पहिल्यै कार्यक्रम राखेपछि वातावरणलाई धमिल्याउन चाहने मण्डलेहरूले उत्तेजित र आतंकित पार्ने मनसाय देखिएकै थियो,’ उनले भने, ‘तीनकुनेमा मण्डले अराजकताको पराकाष्ठा भएको छ । त्यो सबै निरंकुशतावादीको प्रतीक भएको छ । घरमा आगो लगाएका छन्, पुलिसमाथि ढुंगा हानेका छन् । उनीहरुले  मान्छे मरोस् भन्ने चाहेका छन् ।'

कान्तिपुर

Link copied successfully